१५ माघ २०८२, बुधबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


गायिका रचना रिमाल खेलका क्रममा मैदान प्रवेश गरेको आरोप, भन्छिन्, ‘होइन’



रिमालले नै सामाजिक सञ्जालमा राखेको तस्विर

२२ चैत ०७८, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले त्रिकोणात्मक टी–२० क्रिकेट शृंखलाको फाइनल खेल क्रममा गेट तोडेर दर्शक प्रवेश गरेको र असम्बन्धित व्यक्ति पुरस्कार वितरण समयमा मैदान प्रवेश गरेको विषयमा स्पष्टीकरण सोधेको समाचार प्रकाशित भएपछि गायिका रचना रिमालले आपत्ती जनाएकी छिन्।
सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र पपुवा न्युगिनी (पीएनजी)बीच ४ ओभरको खेल जारी रहँदा दर्शक गेट तोडेर भित्र प्रवेश गरेको समाचारमा विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएपछि गायिका रचना रिमालको समेत नाम जोडिएपछि उनले आपत्ती जनाएकी हुन् ।
समाचार एजेन्सी न्युज कारखानाबाट क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लको भनाई सहित समाचार प्रकाशन गरेसँगै रिमालले सामाजिक सञ्जालमार्फत सो समाचार झुटो रहेको दाबी गरेकी हुन् । रिमालले समाचार प्रकाशन गर्ने प्रकाशनविरुद्ध मानहानीको मुद्दा दर्ता गर्ने धम्की दिएकी छिन् ।

क्यानका कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लको दावीसहित न्युज कारखानाको समाचारमा‘मैले सुरक्षा निकायसँग बुझ्दा टिकट काट्ने काउन्टर र गेटसँगै परेको रहेछ । हाम्रो पार्टनर (सुन्बी होल्डिङ) ले त्यहाँसँगै नराख भनेको रहेछ । अलि तल राखभन्दा त्यहि राखेको रहेछ । त्यहीँ प्रेसर प¥यो । त्यो मौका पाउँदा हुल नै भित्र छि¥यो, भन्ने कोड सहित समाचार सञ्चारमाध्यमहरुलाई पठाएको थियो ।
घटनाका सम्बन्धमा कार्यबाहक सचिव प्रशान्त विक्रम मल्लको दावीसहित न्युज कारखाना अघि लेख्छ, ‘यसबारे सुन्बी होल्डिङसँग स्पष्टीकरण सोधेका छौँ ।’
यसअघि क्यानले प्रतियोगिताको मर्सियल राइट सुन्बी होल्डिङलाई दिएको र सुन्बी होल्डिङले टिकटको लागि आईएमी–पे र सुरक्षाको लागि केटीएमलाई जिम्मा दिएको समाचारमा उल्येख छ । खेल सकिएपछिसमेत दर्शक दीर्घाबाट मैदान प्रवेश भएपछि क्यानले सुन्बीलाई स्पष्टीकरण सोधेको र क्यानले पुरस्कार वितरणका लागि प्रमुख अतिथिमा अर्थमन्त्री जनार्दन शर्मालाई आमन्त्रण गरेको समाचारमा दावी गरिएको छ ।
पुरस्कार वितरण समारोहमा गायिका रचना रिमाल र दर्शक नै मैदान प्रवेश गरी ट्रफीसहित फोटो सामाजिक सञ्जालमा राखिएको भेटेपछि क्यानले स्पष्टीकरण सोधेको बताइएको छ ।
दर्शकदीर्घाबाट खेल हेर्न प्रवेश गरेकी गायिका रचना रिमाल पुरस्कार वितरण समारोहमा भने मैदान प्रवेश गर्दै कप्तान सन्दीप लामिछानेलगायत खेलाडीसँग फोटो खिच्न भ्याएकी र उनले आफ्नो सामाजिक सञ्जालमा भिडियो र फोटोसमेत ‘पोष्ट’ गरेको दावी गरिएको छ ।
‘सुरुमा सहयोगी होलान् भन्ने सोच्यौँ । फेसबुकमा पनि ट्रफी समातेर फोटो राखेको देख्यौं । यो के कारणले भयो ? कसरी भयो ? भनेर हामीले स्पष्टीकरण सोधका छौं, ’ मल्लको भनाई राखिएको छ ।
मलेसिया, नेपाल र पीएजी सम्मिलित टी–२० शृंखलाको फाइनल खेलमा पीएनजीलाई ५० रनले हराउँदै नेपालले उपाधि जितेको थियो । जुन सन्दीपको कप्तानीमा नेपालले प्राप्त गरेको पहिलो उपाधि बन्यो ।

रचना रिमालले भने आफू १ बजे मैदान पुगेको र तोकिएको रु . २०० को टिकट किनेर खेलको पहिलो इनिङ समर्थकहरुको बिचमा बसेर हेरेको सामाजिक सञ्जालमार्फत बताएकी छिन् ।उनले भनेकी छिन्, इनिङ्को ५ ओभर पछि क्यानको निमन्त्रणा मा म भिभिआईपि बक्समा बसेर अन्तिम सम्म खेल हेरेर खेल पश्चात् सबै अतिथिसँगै पुरस्कार वितरण समारोहमा सरिक भएको थिए। त्यसै समय केहि खेलाडी र प्रशिक्षक संग फोटो खिच्ने अवसर प्राप्त गरेको हुँ र समारोह सकिएपछि मैदानबाट फर्किएको थिएँ।’

उनले समाचारहरुमा आफूलाई क्रिकेट असोसिएसन अफ नेपाल (क्यान) ले मैदान प्रवेश गरेको बारेमा स्पष्टिकरण सोधेको भन्ने बारेमा समाचार आएको देखेको र यो सरासर गलत भएको बताएकी छिन् । समाचारमा उल्लेखित नाम क्यानका पदाधिकारी प्रशान्त विक्रम मल्ललाई आफूले टेलिफोन मार्फत बुझ्दा पनि त्यस्तो केहि नभएको बताएको भन्दै अगाडि लेखेकी छिन् ‘तपाईंलाई हामिले बोलाएका हौँ, तपाईँ हाम्रो अतिथि हो हामिले त्यस्तो किन गर्ने ?’ भन्ने बताउनु भएको छ ।
उनले सो समाचार गलत रुपमा लेखिएको र त्यसको म घोर बिरोध गर्ने बताएकी छिन् उनले मान हानि हुनेगरि उक्त प्रकारको समाचार लेख्ने सबै मिडियाहरुलाई आवश्यक कानुनी कारबाहीको लागि प्रकृया अगाडि बढाउने बताएकी छिन् ।
उनले भनेकी छिन्,‘सदैव खेलकुद र खेलाडी हरुप्रति मेरो उच्च सम्मान र समर्थन रहनेछ ।’

 

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ९ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।