
२६ चैत ०७८,चापागाँउ । सर्जक गोपाल सञ्जेलको एघारौं पुस्तक ‘आमोई’ शुक्रबार चापागाँउमा लोर्कापण गरिएको छ । १ सय ९० पृष्ठको ‘आमोई’सञ्जेलकी आमा खलकुमारी सञ्जेल, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य डा देवि नेपाल, वरिष्ठ साहित्यकार श्री ओम श्रेष्ठ, साहित्यकार नवसिलवाल (संघीय सासंद नवराज सिलवाल) र लेखक सञ्जेलले पुस्तक लोकापण गरेका हुन् ।
गाँउले परिवेश र लवजमा लेखिएको ‘आमोई’ उपन्यास साझा प्रकाशनले प्रकाशन गरेको हो ।
लोकापर्ण कार्यक्रममा बोल्दै संघीय साहित्यकार तथा सांसद नवराज सिल्वालले सञ्जेलको साहित्यमा दक्षिण ललितपुरको आभास मिल्ने बताए । आफ्ना ४ वटा पुस्तक प्रकाशन भएको प्रसंग उल्येख गर्दै सिलवालले ललितपुरमा साहित्यको सम्भावना प्रचुर रहेको बताए ।
नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य डा देवि नेपालले साहित्यकारले आफूलाई कुन कृतिको लेखक हो भनेर चिनाउनु पर्ने आवश्यक्ता रहेको बताए ।
कार्यक्रममा वरिष्ठ साहित्यकार श्री ओम श्रेष्ठ,शारदा स्कुलकी पूर्व शिक्षक सन्ध्या श्रेष्ठ,गोदावरी साहित्य परिषद् ललितपुरका अध्यक्ष वशिष्ठ अधिकारी,सुनगाभा साहित्य सदन ललितपुरका अध्यक्ष रामसुन्दर केसी,गोदावरी साहित्य परिषद् ललितपुरका सचिव रत्न बिरही घिमिरे र वागमिता साहित्य परिषदका अध्यक्ष नवराज सञ्जेललगायत सहभागी थिए ।








प्रतिक्रिया