३ आश्विन २०८१, बिहिबार | Fri Sep 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रधानमन्त्री विरामी, फेरि सिंगापुर जाँदै


५ भाद्र २०७६, बिहिबार  

0
Shares


५ भदौं ०७६, ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारका लागि सिंगापुर जाने भएका छन् । विहीबार दिउसो १ बजेर ३० मिनेटमा सिंगापुर प्रस्थान गर्ने सूचना विभागले जानकारी दिएको छ । प्रधानमन्त्रीलाई सिंगापुर विदाई कार्यक्रमका लागि पत्रकारहरुलाई दिउँसो १२ बजेर ३० मिनेटमा त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलको अति विशिष्ठ कक्षमा बोलाइएको छ ।
यसअघि प्रधानमन्त्री ओली सिंगापुरमा एक साता उपचार गराएर साउन २७ गते फर्किएका थिए । प्रधानमन्त्री ओलि नियमित जाँचका लागि सिंगापुर जान लागेको बताइएको छ । साथै प्रधानमन्त्रीलाई दिईएको औषधिले साइड इफेक्ट देखाउदा ज्वरो आउने, टाउको दुख्ने जस्ता समस्या देखिएको छ। सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराउँदै आएका छन् । ओलीको १२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७६, बिहिबार  ९ : १० बजे