१० भदौ २०८३, बुधबार | Wed Aug 26 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौँ महानगर प्रमुखमा गठबन्धनबाट सिर्जना सिंहको उम्मेदवारी



१३ वैशाख ०७९, काठमाडौं । स्थानीय तह निर्वाचन, २०७९ का लागि सत्ता साझेदार दलका तर्फबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता गरेकी छिन् ।
सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभागृहमा पुगेर उनले प्रमुख पदमा उम्मेदवारी दर्ता गरारेकी हुन् ।
उनको उम्मेदवारीको प्रस्तावकमा वर्तमान उपप्रमुख हरिप्रभा खड्गी र समर्थकमा नीलकाजी शाक्य रहेकस् छिन् ।
उम्मेदवारी दर्ता गराएपछि प्रतिक्रिया दिँदै सिंहले आफूले महानगरभित्रका गृहिणीका लागि भत्ताको व्यवस्था गर्ने, महानगरवासीलाई वडास्तरबाटै निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने, महिलामैत्री काठमाडौँ निर्माण गर्ने र महानगरका महिला तथा युवावर्गलाई रोजगारमूलक तालिमको व्यवस्था गर्ने बताइन् ।

आजै काठमाडौँ महानगरपालिकाको उपप्रमुखमा गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी) पार्टीका रामेश्वर श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  ७ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।