११ आश्विन २०८३, आइतबार | Sun Sep 27 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरमा १ हजार ५ सय १९ जनाको उम्मेदवारी (उम्मेदवारको नाम र पार्टीसहित)




ललितपुर खबर
१३ वैशाख ०७८, ललितपुर । ललितपुरको ६ वटा पालिकामा १ हजार ५ सय १९ जनाको उम्मेदवारी परेको छ ।
निर्वाचन कार्यालय ललितपुरका अनुसार ललितपुर महानगरमा ६ सय ४२ जना, महालक्ष्मी नगरपालिकामा २ सय ५३ जना, गोदावरी नगरपालिकामा ३ सय ३६ जना, वागमती गाँउपालिकामा ९९ जना, कोञ्ज्योसोम गाँउपालिकामा ८० जना र माहाकाल गाँउपालिकामा १ सय ९ जनाको उम्मेदवारी परेको हो ।
ललितपुर महानगरमा ६ सय ४२ जानको उम्मेदवारी परेको छ । ललितपुर महानगरमा १३ जना मेयर र १२ जना उपमेयरको उम्मेदवारी परेको छ ।
जवलाखेलस्थित मुख्य निर्वाचन कार्यालयका ललितपुका सहायक निर्वाचन अधिकृत विष्णु प्रसाद पाण्डेयका अनुसार नेपाली काँग्रेसका चिरिबाबु महर्जन, नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकार, राप्रपाका अष्ट बहादुर महर्जन,विवेकशील साझाका उज्वलकृष्ण श्रेष्ठ, नेकपा मालेका मोहनराज शाक्य, नेमकिपाका अशोक महर्जन,राष्ट्रिय जनमुक्ति पार्टीका समीकपुर महर्जन,आमुल परिवर्तनकी पार्टीकी सपना महर्जन, मोलिक जिरोकिलोकी सपना श्रेष्ठ, वासुदेव अमात्य जनमत पार्टी, रुवतन्त्रबाट क्रमशः सरिना लाखे श्रेष्ठ सुरेश महर्जन र राजेन्द्र थापामगरले उम्मेदवारी दिएका छन् ।
माहालक्ष्मी नगरपालिकामा जनाको उम्मेदवारी परेको छ । निर्वाचन अधिकृत शारदा फुयालका अनुसार यस पालिकामा २ सय ५३ जनाको उम्मेदवारी परेको छ । यहाँ मेयरमा जना र उपमेयरमा जनाले उम्मेदवारी मनोनयन गरेका छन् ।
पण्डेयका अनुसार नेकपा एमालेबाट मञ्जली शाक्य आस्था, माओवादी केन्द्रबाट वावुराज महर्जन,राप्रपाबाट स्वर्णिमा शाक्य, नेमकिपाबाट ममिता श्रेष्ठ,मंगोल पाटीबाट खेमप्रसाद श्रेष्ठ, नेपाल सुशासनबाट जानकी प्रधान श्रेष्ठ,नेकपा मालेबाट सरमिस्ता श्रेष्ठ, जनमत पार्टीबाट कुसुम बज्राचार्य स्वतन्त्र तर्फ क्रमश रत्न व्यञ्जनकार,सुविनकुमार शाक्य,राजन खड्का, अजरमान जोशी ,बसन्त खड्काको उम्मेदवारी परेको छ ।
दक्षिण ललितपुरको वागमती गाँउपालिकामा ९ जना अध्यक्ष र ५ जना उपाध्यक्षको उम्मेदवारी परेको छ ।
वागमती गाँउपालिकाका निर्वाचन अधिकृत नागेन्द्र केशरी पोखरेलका अनुसार अध्यक्षमा नेकपा एमालेबाट नवराज सञ्जेल, गठबन्धन(नेपाली काँग्रेस)बाट विरबहादुर लोप्चन, नेकपा समाजवादीबाट केशवप्रसाद बजगाई,राप्रपाबाट सानु महर्जन, स्वतन्त्रतर्फ क्रमशः विष्णुप्रसाद तिमल्सिना,राजेशकुमार सञ्जेल, रविन घिमिरे, रविन बल र मनोज रानाले उम्मेदवारी दर्ता गराएको पोखरेलले बताए । निर्वाचन अधिकृत पोखरेलका अनुसार उपाध्यक्षमा नेकपा एमालेबाट नमूना दोङ, गठबन्धन(नेकपा माओवादी केन्द्र)बाट भक्त बहादुर दर्लामी, राप्रपाबाट अम्बिका न्यौपाने घिमिर,े जनता समाजवादीबाट उत्तमकुमार लामा र स्वतन्त्रबाट डोलकेशर दाहालले उम्मेदवारी दिएका छन् ।
पालिकाको १ नम्बर वडाबाट दलीत महिला सदस्य नोपली काँग्रेसकी संगीता नेपाली निर्विरोध निर्वाचित भएको उनले बताए ।
वागमती गाँउपालिकामा सबै दल र स्वतन्त्र गरेर ९९ जनाको उम्मेदवारी दर्ता भएको छ ।
कोञ्ज्योसोम गाँउपालिकामा अध्यक्षमा ३ जना र उपाध्यक्षमा ४ जनाको उम्मेदवारी परेका छ ।
निर्वार्चन अधिकृत देविकुमारी चौधरीका अनुसार अध्यक्षहरुमा नेकपा एमालेबाट कृष्णमान लामा, नेकपा माओवादी केन्द्र(गठबन्धन)बाट गोपिलाल सिंतान र राप्रपाबाट मानबहादुर तामाङको उम्मेदवारी परेको छ
उपाध्यक्षतर्फ नेकपा एमालेबाट रनिता तामाङ, नेपाली काँग्रेस (गठबन्धन)बाट राजनप्रसाद घिमिरे, राप्रपाबाट निर्मला लामा र स्वतन्त्रबाट चन्द्र बहादुर तामाङको उम्मेदवार परेको छ ।
निर्वार्चन अधिकृत देविकुमारी चौधरीका अनुसार यस पालिकामा सबै पदमा जम्मा ८० जनाको उम्मेदारी परेको छ । कोञ्जेसोमको वडा नं. १ र ४ बाट उक एक जना महिला दलीत निर्विरोध विजयी भएका छन् ।
निर्वाचन अधिकृत चौधरीका अनुसार १ नम्बर वडामा नेकपा एमालेबाट कृष्णकुमारी सुनार र ४ नम्बरमा नेकपा माओवादी केन्द्रबाट सपना मंग्रान्ती र्निविरोध विजयी भए ।
गोदावरी नगरपालिकामा ३ सय ३६ जनाको उम्मेदवारी परेको छ । मेयरमा २१ जना र उपमेयरमा १० जनाको उममेदवारी परेको छ ।
माहाकाल गाँउपालिकामा १ सय ९ जनाको उम्मेदवारी परेको छ ।
पालिका अध्यक्षको उम्मेदवारी दिनेहरुमा नेकपा एमालेकी कमला लामा तामाङ, नेपाली काँग्रेसबाट गणेश केसी, नेकपा माओवादी केन्द्र भगिरथ तिमल्सिना, एककृत समाजवादीबाट राजनप्रसाद बञ्जारा, राप्रपाबाट सुरेस घिमिरे,स्वतन्त्रहरुबाट रामशरण हुमागाई,सुदर्शन घिमिरे र सुरेस घिमिरले अध्यक्ष उम्मेदवारी दिएका छन् ।
आज निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भएर दावी विरोध दिने कार्यक्रम छ । भोलि र पर्सी छानविनपछि पर्सी नामावली प्रकाशन गर्ने कार्यक्रम छ ।
यही बैशाख १७ गते निर्वाचन प्रकृया पुरा गरि आयोगलेनिर्वाचन चिन्ह दिने कार्यक्रम छ । १८ गतेबाट उम्मेदवारले प्रचार प्रसार गर्नेछन् भने ४८ घण्टाअघि २८ गते १२ बजेबाट मौन अवधि सुरु हुन्छ । यो बेला प्रचार प्रसार गर्न पाइदैन । बैशाख ३० गते देशभरका ७ सय ५३ पालिकामा एक साथ निर्वाचन हुनेछ । विहान ७ बजेबाट सुरु हुने निर्वाचन साँझ ५ बजेसम्म चल्नेछ ।

प्रकाशित मिति : १३ बैशाख २०७९, मंगलबार  १ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।