१२ पुस २०८२, शनिबार | Sun Dec 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरमा एक हजार एक जनाको उम्मेदवारी दर्ता



१४ वैशाख ०७९, भक्तपुर । भक्तपुरका चार पालिकाको प्रमुखमा ६५ जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन कार्यालय भक्तपुरले आज ढिलो गरी सार्वजनिक गरेको उम्मेदवारको नामावलीअनुसार सबभन्दा बढी उम्मेदवार चाँगुनारायण नगरपालिकामा परेको छ ।
चाँगुनारायण नगरपालिकाको प्रमुखमा २२ जनाले मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका भीमविसीले जानकारी दिएका छन् । भक्तपुर नगरपालिका १४, मध्यपुरथिमि नगरपालिकामा १४ र सूर्यविनायक नगरपालिकामा १५ जनाले नगर प्रमुखमा उम्मेदवारी दर्ता गरेको उनले जानकारी दिए ।
जिल्लाका चार पालिकाको उपप्रमुखमा ३५ ले उम्मेदवारी दिएका छन् । जसमध्ये चाँगुनारायण नगरपालिकामा १०, भक्तपुर नगरमा नौ, मध्यपुरथिमिमा नौ र सूर्यविनायक नगरमा सात उम्मेदवारी दर्ता गराएका छन् । कार्यालयले भक्तपुरमा सबै पदमा गरी कूल एक हजार एकले विभिन्न पदमा उम्मेदवारी दर्ता गराएको बिसीले जानकारी दिए ।

प्रकाशित मिति : १४ बैशाख २०७९, बुधबार  ५ : २६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।