६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको माहाँकाल अध्यक्षमा काँग्रेस माओवादी दुवैको उम्मेदवारी परेपछि गठबन्धन अप्ठ्यारोमा




१७ वैशाख ०७८, ललितपुर । दक्षिण ललितपुरको माहाँकाल गाँउपालिकामा काँग्रेस माओवादी दुवैले दिएको उम्मेदवारी कायम भएपछि गठबन्धन अप्ठ्यारोमा परेको छ ।
गठबन्धनको सहमती अनुसार नेपाली काँग्रेसका गणेश केसीले उम्मेदवारी दिए पनि वडामा सहमती नभएपछि माओवादी केन्द्रका भगिरथ तिमल्सिनाले समेत उम्मेदवारी दिएका थिए ।
निर्वाचन आयोगले शुक्रबार ५ बजेसम्म उम्मेदवारी दिने समयसिमाभित्र तिमल्सिनाले उम्मेदवारी फिर्ता नगरेपछि गठबन्धनभित्रको विवाद झन् पेचिलो बनेको हो ।
उम्मेदवारी कायम भएपछि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीचको सहमती विधिवत रुपमा भंग भएको छ ।
गठबन्धनभित्र नेकपा समाजवादीलाई बाहिर राखेर नेपाली काँग्रेस र माओवादीबीच भागबण्डा गर्ने गतवैशाख १० गते सहमती भएको थियो ।
त्यसबेला गठबन्धनमा सहमती नभएपछि नेकपा समाजबादी एक्लै निर्वाचनमा होमिने निर्णय गर्दै छुट्टै उम्मेदवार उठाएको थियो ।
ललितपुरका कतिपय वडामा सहमती विपरित नेपाली काँग्रेसले उम्मेदवारी दिएपछि माहाकालको उम्मेदवारी फिर्ता नभएको माओवादी केन्द्रका एक नेताले बताए ।
नेपाली काँग्रेसको तर्फबाट महाँकाल गाँउपालिकाको वडा नं. १ र २ मा आफूहरुलाई गठबन्धनको तर्फबाट उम्मेदवारी दिन नमानेपछि उम्मेदवारी फिर्ता नगरेको तिमल्सिनाले बताए ।
तिमल्सिनाले पार्टी बचाउनका लागि आफूले उम्मेदवारी फिर्ता नलिएको बताए । उनले भने, ‘नेपाली काँग्रेसले सहमती भएको वडाहरुमा समेत उम्मेदवारी दिएको छ । त्यसैले मैल ेउम्मेदवारी फिर्ता लिइन’
नेकपा माओवादीका जिल्ला अध्यक्ष हरि दाहाल ललितले नेपाली काँग्रेसले वडाको उम्मेदवारी फिर्ता नगरेको कारण माहाँकालमा तिमल्सिनाको उम्मेदवारी कायम भएको बताए ।
कोञ्ज्योसोम र वागमतीका वडाहरुमा सहमती भएको तर माहाँकाल, गोदावरी, माहालक्ष्मी र महानगरमा वडाहरुमा नेपाली काँग्रेसले नछोडेपछि विवाद श्रृजना भएको उनले बताए ।
तर नेपाली काँग्रेसका जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठले माहाँकाल गाँउपालिका भित्र वडाहरुमा स्वस्थ्य प्रतिश्पर्धा गर्ने कुरा पहिलेदेखि नै सहमती रहेको बताए । महाँकालमा माओवादीको तर्फबाट अध्यक्षमा परेको उम्मेदवारीमा यस गाँउपालिकामा आफ्नो पार्टीलाई कुनै अप्ठ्यारो नपर्ने रिर्पोट प्राप्त भएको उनले बताए ।
सभापति श्रेष्ठले भने, ‘हामीहरुले इमानदारीका साथ सहमती पालना गरेका छौं । उहाँहरुले पालना गर्नु भएन ।’
उता वागमती गाँउपालिकाबाट नेपाली काँग्रेसकै तर्फबाट वडाध्यक्ष जितेका विष्णुले तिमल्सिनाले भने वागी उम्मेदवारी फिर्ता लिएका छन् । उम्मेदवारी फिर्ता लिएपछि सामाजिक सञ्जालमा लेखेका छन् । ‘एकताको सन्देश । स्थानीय निर्वाचनमा एक भएर जो प्रतिबद्धता ।’

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ५ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।