३० बैशाख २०८३, बुधबार | Wed May 13 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


माछा पोखरीबाट स्रोत नखुलेको १६ लाखसहित दुई पक्राउ   



१७ वैशाख ०७९, काठमाडौं । प्रहरीले काठमाडौँको माछा पोखरीबाट स्रोत नखुलेको रु १६ लाखसहित आज बिहान दुई जनालाई पक्राउ गरेको छ । यसरी पक्राउ पर्नेमा चितवनको भरतपुर महानगरपालिका–११ घर भई हाल तनहुँको बन्दीपुर बस्ने ३१ वर्षीय दीपेन्द्र सुनार र भारत महाराष्ट्र घर बताउने वर्ष ३३ का सागर यादव रहेका छन् ।
सडकमा शङ्कास्पदरुपमा हिँडिरहेका अवस्थामा सुरक्षा जाँच गर्दा उनीहरुबाट स्रोत नखुलेको रु १६ लाख रकम बरामद गरिएको छ । उक्त घटनाका सम्बन्धमा प्रहरीवृत्त बालाजुबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

प्रकाशित मिति : १७ बैशाख २०७९, शनिबार  ४ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।