९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


आज हेटौडामा एमालेको आमसभा, अध्यक्ष ओली आउँदै



१८ वैशाख ०७९, हेटौंडा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज हेटौंडा आउँदै छन् । एमाले मकवानपुरले हेटौंडामा आयोजना गर्न लागेको आमसभालाई सम्बोधन गर्न ओली हेटौंडा आउन लागेका हुन् ।
स्थानीय तह निर्वाचनलाई केन्द्रित गरेर, अन्तरार्ष्टिट्रय श्रमिक दिवसको अवसरमा ओलीले सम्बोधन गर्नेछन् । आमसभामा मकवानपुरका १० वटै स्थानीय तहका एमालेका उम्मेदवार, नेता, कार्यकर्तासहित ४० हजार भन्दा बढीको सहभागिता रहने दाबी गरिएको छ ।
आमसभाको सम्पूर्ण तयारी सकिएको एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठले जानकारी दिए । हेटौंडा उपमहानगरपालिकाका विभिन्न चार वटा नाकाबाट पैदल ¥याली गरी हुप्राचौरमा आमसभा गरिने श्रेष्ठले बताए ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  ९ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।