९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


चापाकोटमा एमाले र काँग्रेस कार्यकर्ता बीचमा खुकुरी हानाहान



१८ वैशाख ०७८,   स्याङ्जा । स्याङ्जाको चापाकोटमा एमाले र काँग्रेस कार्यकर्ता  बीचमा खुकुरी हानाहान भएको छ ।  चुनावी कार्यक्रम सकेर चापाकोट फर्कँदै गरेको नेकपा एमालेका कार्यकर्ता र काँग्रेस कार्यकर्ता बीचमा वीपी चोकमा खुकुरी हानाहान भएको हो ।

उक्त घटनामा एमालेका एक कार्यकर्ता घाइते भएका छन् । खुकुरी प्रहारबाट नारायण हिस्कीमगर घाइते  भएको र उनलाई उपचारका लागी गण्डकी मेडिकल कलेज पोखरामा पठाइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । घटनामा संलग्न व्यक्तिको पहिचान भइसकेको र उनीहरूलाई खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७९, आइतबार  १२ : ०५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।