७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


चन्द्रागिरिका दुई घरमा बाढी पस्यो



२० वैशाख ०७८, काठमाडौं ।  काठमाडौं चन्द्रागिरिका दुई घरमा बाढी पसेको छ । सोमबारको वर्षाका कारण चन्द्रागिरि नगरपालिका–४ पानीघाटस्थित हिमचुल खोलामा आएको ढुंगा माटोसहितको बाढी दुई घरमा पसेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
बाढी पस्दा आठ लाख रूपैयाँ बराबरको क्षति भएको छ ।

बाढी पसेको खबरपछि अपराह्न ५ बजे प्रहरी वृत्त थानकोटबाट प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेयसहित २० जनाको टोली र सेनाको टोली खटिएको थियो। बाढीमा फसेका मानिसको उद्धार गरी सुरक्षित स्थानमा राखिएको छ।
बाढीका कारण जस्तापाताले छाएको घरमा पूर्ण रूपमा क्षति पुगेको छ। सो घरमा रहेको दुई वटा कुखुरा, दुई तोला सुन लगायत गरी सात लाख बराबरको क्षति पुगेको प्रहरीले जनाएको छ ।

त्यस्तै सोही ठाउँका पूर्णबहादुर थिङको एक तले घरमा पनि बाढी पसेको थियो। घरमा सामान्य क्षति पुगेको र १२ वटा कुखुरा बगाएका छन्।

प्रकाशित मिति : २० बैशाख २०७९, मंगलबार  २ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।