७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ललितपुर लुभुमा प्रशिक्षकको घरमा बस्दै आएकी भारोत्तोलन खेलाडी सन्जु मृत फेला




२७ वैशाख ०७९, ललितपुर । ललितपुर लुभुस्थित प्रशिक्षकको घरमा बस्दै आएकी भारोत्तोलन खेलाडी सन्जु चौधरी मृत अवस्थामा भेटिएकी छन् । घटनाको थप विवरण खुल्न बाँकी छ ।
नेपालगञ्ज निवासी सन्जु काठमाडौंस्थित आफन्तकोमा बस्दै आएकी थिइन् । एसियाली खेलकुदको तयारीका लागि भने उनी प्रशिक्षक सञ्जय महर्जनको घरमा थिइन् । मंगलबार बिहान मृत अवस्थामा फेला परेको पारिवारिक स्रोतले जनाएको छ ।
सन् २०१९ को डिसेम्बरमा नेपालमा आयोजित १३ औं दक्षिण एसियाली खेलकुदमा सञ्जुले ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन् ।

प्रकाशित मिति : २७ बैशाख २०७९, मंगलबार  १० : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।