९ चैत्र २०८२, सोमबार | Tue Mar 24 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


लुभुमा मृत भेटिएकी सञ्जु चौधरीको गृहनगर बाँकेमा अन्त्येष्टि



२८ वैशाख ०७९, ललितपुर । ललितपुरमा मृत भेटिएकी भारोत्तोलन खेलाडी सञ्जु चौधरीको गृहनगर बाँकेमा अन्तिम संस्कार गरिएको छ । चौधरीको पार्थिव शरीरमा युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका छन् । बाँकेको राप्तीसोनारीस्थित चौधरीको निवासमा पुगेर मन्त्री अथकले राष्ट्रिय झण्डा ओढाई श्रद्धाञ्जली अर्पण गरेका हुन् ।

बाँकेको राप्तीसोनारी ३ बेलासपुरमा रहेको घरमा बुधबार चौधरीको शव अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको थियो । श्रद्धाञ्जली सभामा बोल्दै मन्त्री अथकले चौधरीको निधनले नेपाली खेल क्षेत्रमा अपुरणीय क्षति पुगेको बताए । चौधरीको निधनले सिंगो खेल क्षेत्रलाई स्तब्ध बनाएको उल्लेख गर्दै मन्त्री अथकले श्रद्धाञ्जली अर्पण गरे ।

१३ औँ दक्षिण एसियाली खेलकुदमा भारोत्तोलन तर्फबाट स्वर्ण पदक बिजेता खेलाडी चौधरी एसियाली खेलकुदको तयारीका क्रममा ललितपुर बस्दै आएकी थिइन् । प्रशिक्षणकै क्रममा ललितपुरको महालक्ष्मी नगरपालिका ९ लुभुमा बस्दै आएकी २३ वर्षिया चौधरी मंगलबार बिहान मृत भेटिएकी थिइन् ।

 

प्रकाशित मिति : २८ बैशाख २०७९, बुधबार  ६ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।