९ पुस २०८२, बुधबार | Wed Dec 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


जहाँ मतदान केन्द्रको कमाण्ड गर्दैछिन् महिला




अश्विनी दानी
२९ गोरखा ०७९, वैशाख । शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा गोरखाको एक मतदान केन्द्र महिला कर्मचारीहरूबाट मात्रै सञ्चालन हुँदैछ ।
गोरखा नगरपालिका–६ स्थित बालमन्दिर मावि छहरेको मतदान केन्द्र नमुनाको रूपमा महिला कर्मचारीबाट मात्रै सञ्चालन गरिने निर्वाचन कार्यालय गोरखाका सूचना अधिकारी रबीलाल सुवेदीले जानकारी दिए ।
उक्त मतदान केन्द्रमा ९ सय ८० जना मतदाता रहेका छन् । त्यहाँ मतदान अधिकृतदेखि सुरक्षाकर्मी सबै कर्मचारी महिला मात्रै रहनेछन् ।
उक्त मतदान केन्द्रमा ५ जना महिला कर्मचारी खटाइएको छ । जसमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईकी प्रमुख वरिष्ठ कृषि अधिकृत पूर्ण ढुंगाना मतदान अधिकृत र गोरखा नगरपालिकाकी अधिकृत जनुका कुँवर सहायक मतदान अधिकृतको रूपमा छन् ।
यस्तै, जिल्ला अदालतकी नायब सुब्बा सुष्मा अधिकारी, जिल्ल प्रशासन कार्यालयकी नायब सुब्बा सिर्जना श्रेष्ठ र जिल्ला अदालतकी कालिका वली पनि सोही मतदान केन्द्रमा खटिने भएका छन् ।

सुरक्षाकर्मीका लागि उक्त मतदान केन्द्रमा प्रहरी सहायक निरीक्षक सिर्जनाकुमारी सेनको नेतृत्वमा आठ जना महिला प्रहरी खटाइएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । जसमा तीन जना नेपाल प्रहरी र पाँच जना म्यादी प्रहरी रहेका छन् ।
महिलाले मात्रै सञ्चालन गरेको नमुना मतदान केन्द्रको यो अभ्यासले समाजमा सकारात्मक सन्देश प्रवाह हुने मतदान अधिकृत ढुंगानाको तर्क छ । न्युज कारखाना

 

प्रकाशित मिति : २९ बैशाख २०७९, बिहिबार  १० : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।