
ललितपुर खबर
३ जेठ ०७९, ललितपुर । दक्षिण ललितपुरको वागमती गाँउपालिका पनि माओवादी काँग्रेसको गठबन्धन जीत नजिक पुगेको छ ।
वागमती गाँउपालिकामा निर्वाचन अधिकृत नगेन्द्रकिशोर पोखरेलका अनुसार गाउपालिकाको ६ वटा वडाको मतगणना गर्दा गठबन्धनबाट अध्यक्षका उम्मेदवार बीर बहादुर लोप्चन १ हजार १ सय ९ मतले अघि छन् ।
निर्वाचन अधिकृतका अनुसार वडा नं. ७ गिम्दीको १ हजार दुई सय ३ मत गणना गर्न बाँकी छ ।
प्राप्त तथ्याङ्क अनुसार गठबन्धनका अध्यक्ष लोप्चनले ४ हजार १ सय ४२ मत ल्याएका छन् । नेकपा एमालेका अध्यक्षका उम्मेदवार नवराज सञ्जेलले ३ हजार ३३ मत पाएको छन् । उता गठबन्धनका तर्फबाट उपाध्यक्षका उम्मेदवार भक्तबहादुर दर्लामी मगरलेले ३ हजार ८ सय ९८ मत पाएका छन् । नेकपा एमालेकी उम्मेदवार नमूना दोङले २ हजार ८ सय ५० मत पाएकी छिन् ।







प्रतिक्रिया