६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं शंखरापुरका मेयर नापितले गरे शपथ ग्रहणपछि पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण




६ जेठ ०७९, काठमाडौं । राप्रपाबाट शंखरापुर नगरपालिकाको मेयरमा निर्वाचित रमेश नापितले शपथ ग्रहणपछि पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण तथा श्रद्धाञ्जली प्रकट गरेका छन् ।
शुक्रबार शपथ लिएपछि उनले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गरेका हुन् । त्यसपछि उनले सहिदगेटमा पुगेर सहिदहरुप्रति माल्यार्पण तथा श्रद्धाञ्जली प्रकट गरेका छन् ।
नवनिर्वाचित मेयर नापितले आफ्नो कार्यकक्षमा पनि पृथ्वीनारायण शाहको तस्बिर राख्ने बताएका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७९, शनिबार  ७ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।