६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भक्तपुरको दुवाकोट सडक कालोपत्रे गर्ने नवनिर्वाचित मेयर खत्रीको योजना



१२ जेठ ०७९, भक्तपुर । चाँगुनारायण नगरपालिकाका मेयर जीवन खत्रीले नगरको वडा नं. २ स्थित दुवाकोट सडक एक वर्षभित्र कालोपत्रे गरी निर्माण सम्पन्न गरिने बताएका छन् । दुवकोटको केएमसी चोकमा आज ढल विकास व्यवस्थापन कार्यको शिलान्यास गर्दै प्रमुख खत्रीले सल्लाघारीदेखि चाँगु जोड्ने उक्त सडक एक वर्षभित्र निर्माण सम्पन्न हुने गरी कार्य अघि बढाइने बताएका हुन् ।
भक्तपुरको सल्लाघारीबाट चाँगु जाने उक्त सडक दुवकोटमा प्रस्तावित वीर अस्पताल जाने मुख्य सडक हो । उक्त सडकले नगरको वडा नं. १, २ ३ र ४ लाई जोड्ने गर्दछ । उनले नगरमा सडकको कटान, डुबान जस्ता समस्या रहेको बताउँदै त्यस्ता समस्या समाधान गर्न घर अगाडिको कुलो, खोल्सा सफा राख्न नगरवासीलाई आग्रह समेत गरे ।

 

प्रकाशित मिति : १२ जेष्ठ २०७९, बिहिबार  ९ : ११ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।