६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौं महानरको सहकार्यमा नेवा सङ्ग्रहालय स्थापना गरिने




१५ जेठ ०७९, काडमाडौं । सरकारले आगामी आर्थिक वर्षमा काठमाडौँ महानगरपालिकाको सहकार्यमा एउटा नेवा सङ्ग्रहालय स्थापना गर्ने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आज सङ्घीय संसद्मा आगामी आर्थिक वर्ष २०७९÷०८० को बजेट पेस गर्दै काठमाडौं महानगरको सहकार्यमा नेवा सङ्ग्रहालय स्थापना गर्नाका साथै पोखरामा गुरुङ मौलिक संस्कृति संरक्षण गुरुयोजना कार्यान्वयन गर्न सहयोग गर्ने बताएका हुन् ।
त्यसैगरी ५०० वर्षभन्दा पुराना हिमाली गुम्बाहरुको संरक्षणका लागि हिमाली गुम्बा संरक्षण कार्यक्रम सञ्चालन गर्ने पनि जनाएको छ । त्यस्तै ऐतिहासिक तथा पुरातात्विक स्थलहरुको उत्खनन निरन्तरता दिइने छ । भूकम्पबाट क्षतिग्रस्त पुरातत्व सम्पदाहरुको पुनः निर्माण कार्य आगामी आर्थिक वर्षभित्र सम्पन्न गर्ने गरी रु दुई अर्ब विनियोजन वक्तव्यमा भनिएको छ ।

 

प्रकाशित मिति : १५ जेष्ठ २०७९, आइतबार  १० : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।