२० मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

कला / साहित्य


कोरोना महामारी सम्झाउने डियर भ्याक्सिन सार्वजनिक




१९ जेठ ०७९, काठमाडौं । वरिष्ठ साहित्यकार एवं गीतकार सुरेन्द्र महर्जन ‘अमर’ द्वारा लिखित कोरोना महामारीको समयमा लेखिएको ‘डियर भ्याक्सिन’ उपन्यास एक समारोह सार्वजनिक गरिएको छ ।
साहित्यकार एवं गीतकार सुरेन्द्र महर्जनको ३० औँ कृति उनको जन्म दिनको अवसरमा डियर भ्याक्सिनको अडियो साहित्यकार एवं उपन्यासकार संघका अध्यक्ष शंकर भारती सार्वजनिक गरेका हुन् ।
उपन्यास सार्वजनिक गर्दै वरिष्ठ साहित्यकार प्रा.डा गार्गी शर्माले सुरेन्द्र महर्जन अमरको साहित्यिक यात्राको बारेमा बोल्दै सफलताको कामना गरे ।
धेरै पहिलादेखि साहित्य लेखनमा लागेर कथा, कविता, गीत, हाइकु, तान्का र उपन्यास लेख्नु हुने साहित्यकार अमरको बारेमा बोलेका थिए ।
उपन्यासको अडियोमा आफ्नो मेहनत र स्वर दिएर दिने भाष्कर श्रेष्ठलाई ओएसनेपालको तर्फबाट ’’भ्याक्सिन आवाज’ सम्मानबाट सम्मानित समेत गरिएको थियोे भने सोही आवाज युटुवमा रहेको छ । समारोहमा चर्चित संगीतका सन्तोष श्रेष्ठ, साहित्यकार राजबाबु श्रेष्ठ सागर, ओएसनेपालका गबोड अफ डाइरेक्टर हरि अधिकारी, पत्रकार गीता अधिकारी, गायक दिनेश थानी, गायक संगीतकार चिरञ्जीवी भण्डारी, विनोद श्रेष्ठ, हरिशरण लवजुआदिले सुरेन्द्र महर्जनको बारेमा बोलेका थिए ।

प्रकाशित मिति : १९ जेष्ठ २०७९, बिहिबार  ७ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।