६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मनहरामा करेन्ट लागेर तामाङको मृत्यु



२१ जेठ ०७९, भक्तपुर । भक्तपुरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। शनिबार अपराह्न साढे ४ बजे मध्यपुर ठिमी नगरपालिका १ मनहरा सुकुम्बासी टोलमा बस्ने ५२ वर्षीय दिलबहादुर तामाङको मृत्यु भएको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेका अनुसार उनको आफ्नै एक तले घरमा ढलान गर्ने काम भइरहेको थियो।

ढलानको तार मिलाउने क्रममा ४ बजे अचानक करेन्ट लागेर उनी घाइते भएका थिए।
घाइते भएपछि उपचारको लागि उनलाई समिट अस्पताल लगिएको थियो। त्यहाँ उपचारको क्रममा साढे ४ बजे मृत्यु भएको पाण्डेले बताए।

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  ६ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।