६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सर्वनाम शिक्षालयका वार्डेन यौन दुर्व्यवहारको आरोपमा पक्राउ, काठमाडौं ल्याइँदै



२१ जेठ ०७९, काठमाडौं । छात्राहरूमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका जोरपाटीको सर्वनाम शिक्षालयका वार्डेन पक्राउ परेका छन् ।

शिक्षालयका वार्डेन रामजी बस्नेतलाई रामेछाप प्रहरीको समन्वयमा पक्राउ गरिएको हो । अहिले उनलाई काठमाडौं ल्याउँदै गरिएको प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले बताए ।

१२, १३ र १५ वर्षीया बालिकालाई वार्डेन रामजी बस्नेतले झन्डै चार महिनाअघि यौन दुर्व्यवहार गरेको विद्यार्थी र अभिभावकको आरोप छ । यसै विषयमा आज शनिवार शिक्षालयका प्रधानाध्यापक र विद्यार्थी तथा अभिभावकबीच भनाभन हुँदा अवस्था तनावपूर्ण बनेको थियो ।

१५ वर्षसम्म सर्वनाम शिक्षालयमै शिक्षकको रूपमा कार्यरत बस्नेत अहिले वार्डेनको जिम्मेवारीमा रहेको र १५ वर्षमुनिका तीन जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा विद्यार्थी र अभिभावक आक्रोशित बनेका न्यौपानेले जानकारी बताए ।

प्रकाशित मिति : २१ जेष्ठ २०७९, शनिबार  ७ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।