
२३ जेठ ०७९ काठमाडौं । काठमाडौंको आलोकनगरमा चोरी भएको छ । प्रहरीका अनुसार काठमाडौं महानगरपालिका ३१ आलोकनगर डेरा गरी बस्ने दोलखा बैतेश्वर गाउँपालिका ७ घर भएका रबिराज श्रेष्ठको कोठाबाट नगद र सुनका विभिन्न गरगहना समेत गरी करिब ८ लाख रुपैयाँ बराबरको धनमाल शनिबार चोरी भएको हो ।
चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।
२३ जेष्ठ २०७९, सोमबार
0
Shares








प्रतिक्रिया