
२३ जेठ ०७९, काठमाडौं । हुन्डीको कारोबारमा संलग्न रहेको आरोपमा काठमाडौंबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१३ कालिमाटी बस्ने बारा पचरौता नगरपालिका–७ घर भएका ५४ वर्षीय जयकमल साह कलवार छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले कलवारलाई स्रोत नखुलेको १७ लाख ६६ हजार ३०० नेपाली रुपैयाँ र १२ लाख ८ हजार ७०० भारतीय रुपैयाँसहित पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।








प्रतिक्रिया