१९ असार २०८३, शुक्रबार | Fri Jul 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


फर्पिङको जंगलमा मृत फेला परेका जोडीको खुल्यो पहिचान



२३ जेठ ०७९, काठमाडौं ।  फर्पिङको जंगलमा मृत अवस्थामा भेटिएका एक जोडीको पहिचान खुलेको छ । सोमबार दिउँसो दक्षिणकाली नगरपालिका–५ स्थित शेष नारायण जंगलमा करिब २२–२३ वर्षका युवक र युवती मृत अवस्थामा भेटिएका हुन् ।

मृत भेटिएका युवक मकवानपुरको इन्द्रसरोवर घर भएका मनिष ठकुरी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । युवकसँगै मृत भेटिएकी युवती दाङको राप्ती गाउँपालिका घर भएकी विमला कुमाल हुन् ।

घटनास्थलमा २ वटा विषादीको बट्टा फेला परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्त कुँवरले बताए । शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ११ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।