८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


धार्केमा किसानद्वारा दुई गाडी रासाइनिक मल लुटपाट




४ असार ०७९, काठमाडौं । रासायनिक मलको हाहाकार भएको अवस्थामा धुनिवेशी नगरपालिका ६ धार्केमा दुई ट्रकमा ल्याइएको रासायनिक युरिया मल स्थानीय किसानले लुटपाट् गरेका छन् । भारतबाट भन्सार छलि गरेर ल्याइएको भनिएको मल धार्केमा किसानले नियन्त्रणमा लिएका हुन् ।

भन्सार छलि गरेर ल्याइँदै गरिएका दुई ट्रक मल राजस्व विभागले नियन्त्रणमा लिएपछि व्यापारीको संलग्नतामा किसानलाई जानकारी गराइएपछि झन्डै ५ सय किसानले पृथ्वी राजमार्गको बीच सडकमा ट्रक रोकेर नियन्त्रणमा लिएका स्थानीय किसानले जानकारी दिएका छन् । भन्सार छलेर ल्याइएको मल नियन्त्रणमा लिएको राजस्व विभागले सुरक्षाकर्मी भएको अवस्थामा किसानले मल ट्रकबाट झिकेर गाउँतिर लगेका हुन् । किसानले मल लगिसकेपछि आएको सशस्त्र प्रहरीले केही बोरा मल भने फिर्ता गरेर ईलाका प्रहरी कार्यालय खानीखोलामा राखेको छ ।

एउटा १० चक्के ट्रकमा २१ टन मल र अर्काे १० चक्के ट्रकमा १५० बोरा मल ल्याइएको थियो । भारतीय सरकारले अनुदानमा दिनका लागि तयार मल नेपाल आउँदै थियो । सोही मल यहाँका किसानले लगेका हुन् । व्यापारीहरुले केही समयदेखि भन्सार छलि गर्दै यहाँका स्थानीय बजारमा मल कालोबजारी गर्दै बेच्दै आएको आरोप पनि लागेको छ ।

विशेष सुराकीका आधारमा राजस्व अनुसन्धान विभागले मल नियन्त्रणमा लिएपछि व्यापारीको संलग्नतामा स्थानीय किसानलाई मल लुट्न लगाइएको किसानले बताएका छन् । करिब ५ सय बोरा मल किसानले कब्जा गरेर लगेको बताइएको छ । किसानले मल नियन्त्रण गर्ने क्रममा प्रहरीले भीडलाई तितरवितर गर्न लाठी प्रहार पनि गरेको छ ।

प्रकाशित मिति : ४ असार २०७९, शनिबार  ८ : २८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।