५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नाबालिक अपहरण गरेर भारत पुर्‍याएर बलात्कार



७ असार ०७९, काठमाडौं । नाबालिकालाई अपहरण गरि जबरजस्ती करणीको आरोप लागेका व्यक्तिलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ। बारा कलैया उपमहानगरपालिका वडा नं.१ बाट वर्ष १६ की नाबालिकालाई अपहरण गरी भारत लागि जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका वडा नं.७ बरेवा टोल बस्ने वर्ष १९ का ईर्साद अन्सारीलाई बारा जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको छ।

अन्सारीसहित तीन जनाले २०७७ फागुन ५ गते नावालिकालाई कलैया–१ बाट विभिन्न प्रकारका डर त्रास देखाई अपहरण गरी भारतको लुधियाना भन्ने स्थानमा लगी बन्धक बनाई जबर्जस्ती करणी तथा मानव बेचबिखन तथा ओसार पसार समेतको कसूरमा असार ३ गते प्रहरीले पक्राउ गरेको थियो।

प्रकाशित मिति : ७ असार २०७९, मंगलबार  १० : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।