५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


‘काठमाडौँको जैविक फोहोरलाई मल बनाएर हाहाकार कम गराउन सकिन्छ’




१५ असार ०७९, काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले काठमाडौँमा उत्पादन हुने कुहिने फोहोरलाई मल बनाएर मलको हाहाकारलाई केही कम सकिने र यसका लागि महानगरपालिका क्रियाशील रहेको बताएका छन् । आज असार १५ र राष्ट्रिय धान दिवसको शुभकामना दिँदै प्रमुख शाहले, जैविक फोहोरबाट मल बनाउने महानगरको सफलता र असफलताले देशभर नै उल्लेख्य फरक पार्नेमा आफू सचेत रहेको उल्लेख गरेका छन् ।
मेयर शाहले भने, ‘काठमाडौँमा वस्ती बस्नु, सम्पदाको सहर वा राजधानी बन्नुमा यहाँको उर्बरता र उब्जनीको ठुलो भूमिका छ । उर्बर माटोलाई खेती गर्न योग्य बनाउन माटोमा रगत र पसिना बगाउने किसानहरुको विशेष भुमिका छ । हो, अहिले हाम्रा प्राथमिकताहरु झाँगिदै जाँदा यहाँका किसानहरुका मुद्दा कमजोर हुँदै गएका होलान वा कृषि नै सीमान्तकृत हुँदै गएको होला । तर, हामीलाई जे र जसले यहाँ ल्याइपु¥यायो, उसैलाई बिर्सने भन्ने हँुदैन ।’ शुभकामनामा प्रमुख शाहले, कृषि क्षेत्र र अन्न उत्पादन गर्ने किसानप्रति आभारी र जिम्मेवार हुनै पर्ने बताएका छन् ।
यसपालीको असार १५ र धान दिवसले सबैलाई किसान र कृषिप्रतिको जिम्मेवारी बोध गराउन सकोस । गुणस्तरीय मल, बीउबिजन तथा कृषिसाधनहरु सहज र सुलभ मुल्यमा पर्याप्त प्राप्त हुन सकुन । शुभकामनामा उल्लेख छ ।
२०६१ साल मङ्सिर २९ गतेको सरकारको निर्णयअनुसार २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । यस वर्ष ‘धानबालीमा जैविक विविधताको उपयोग, आयात प्रतिस्थापनमा सहयोग’ भन्ने नाराका साथ दिवस मनाइँदै छ ।

प्रकाशित मिति : १५ असार २०७९, बुधबार  ७ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।