२२ आश्विन २०८३, बिहिबार | Fri Oct 9 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मध्‍यपुर ठिमी बस्ने तामाङ बैंकिङ कसुरमा गठ्ठाघरबाट पक्राउ



१७ साउन ०७९, काठमाडौं।  बैंकिङ कसूर मुद्दाका फरार अभियुक्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोको रोशी गाउँपालिका(१ घर भई हाल भक्तपुरको मध्‍यपुर ठिमी नगरपालिका ३ गठ्ठाघर बस्‍ने ४२ वर्षीय गोर्खमान तामाङ रहेका छन् ।उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले मध्‍यपुर ठिमी ३ गठ्ठाघरबाट पक्राउ गरेको हो ।

उनलाई उच्च अदालत पाटनले बैंकिङ कसूरमा दोषी ठहर गर्दै ३ दिन कैद सजाय र ६ लाख रुपैयाँ जरिवाना र २४ हजार क्षतिपूर्तिस्वरुप रमक तिराउने फैसला सुनाएको थियो ।

प्रकाशित मिति : १७ श्रावण २०७९, मंगलबार  ५ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।