२७ मंसिर २०८२, शुक्रबार | Fri Dec 12 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


ठेचोको नवदुर्गा देवीको बाह्र बर्षे जात्रालाई राष्ट्रपति भण्डारीले सहयोग गर्ने



१० भदौ ०७९, ललितपुर । ललितपुरको ठेचोमा जारी बाह्र बर्षे मेलालाई राष्ट्रपति विद्यादेवि भण्डारीले सहयोग गर्ने भएकी छिन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले ठेचोको नवदुर्गा भवानी देवीको प्रसाद ग्रहण गर्दै सहयोग गर्ने प्रतिवद्धता जनाएकी हुन् ।
ठेचोमा हाल सञ्चालन भइरहेको बाहै्र वर्षे जात्राअन्तर्गत सो भवानी देवी मन्दिरमा एक महिना ताल्चा लगाउने परम्परा अनुसार हिजो खोलेर विभिन्न पाठपूजा आदि गरेसँगै आज सो गुठीमा व्यक्तिले उनको निवासमा फूल तथा प्रसाद पु¥याउन गएपछि ग्रहण गर्दै सो धारणा राखेकी हुन् ।
आफूहरुले उक्त गुठी चलाउन गाह्रो भयो भनेर राष्ट्रपति समक्ष अनुरोध गर्दा आफूले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेको गुठीका अध्यक्ष धर्मराज मालीले बताए ।
हामी आज लगभग २ बजे राष्ट्रपति निवास पुगेर फूल तथा सुपारी एवं चलन अनुसारका सामग्री राष्ट्रपतिलाई दिएर फर्किएका सो गुठीका अध्यक्ष मालीले बताए । उनले भने, “राष्ट्रपतिलाई हामीले नवदुर्गा भवानीको प्रसाद दिएसँगै उहाँले लगाउनुभयो ।” सो सँगै गत साउन १० गते गठेमङ्गल अर्थात गठामूग चे¥हेका दिनदेखि हाल ठेचोमा नवदुर्गा भवानी देवीको बाह्र वर्षे जात्रा सञ्चालन भइरहेको छ ।
सो जात्रामा एक महिना नवदुर्गा भवानी देवीलाई ताल्चा लगाएर राखिने परम्परासँगै हिजो ‘यँ पञ्चदान’ का दिन उक्त ढोका खोलिएको थियो ।
सो जात्रा सञ्चालन भए देखि नै राष्ट्रप्रमुखलाई उक्त प्रसाद पु¥याउन जाने चलन रहेको गुठीका पुजारी मालीले बताए ।
नवदुर्गाको प्रसाद लिएर आफूसँगै पुजारी गोपाल माली तथा गुठीका नाइके भक्तलाल माली, अर्का नाइके जितेन्द्र माली र नाइके पाँचभाइ मालीसँगै रमेश माली र सो भवानी देवी संरक्षण समितिका अध्यक्ष प्रशान्त माली राष्ट्रपति निवास गएकोको गुठीका अध्यक्ष मालीले बताए ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार  ९ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।