१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोकर्णको अर्यालगाँउबाट जुवातास खेलिरहेका २२ जना पक्राउ




२४ भदौ ०७९, काठमाडौं । काठमाडौंको गोकर्णेश्वर अर्याल गाँउबाट जुवातास खेल्दे २२ जना पक्राउ परेका छन् ।
प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका ७ अर्यालगाउँ बस्ने ४९ वर्षीय राते लामाको घरमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत २२ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ६५ हजार ७ सय ४० रुपैयाँ र ६ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २५ भदौ २०७९, शनिबार  ८ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।