२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बुढानिलकण्ठ मन्दिरपरिसरमा करेन्ट लागेर एक पुरुषको मृत्यु




२८ भदौ ०७९, काठमाडौं । बुढानिलकण्ठ नगरपालिका ३ मन्दिर परिसरमा गाई पालेको रूपमा काम गरी बस्दै आएका ईलाम घर भएका ४५ वर्षीय नारायण नाथ चापागाईको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ ।
प्रहरीका अनुसार गोठमा गाई दुएर बाल्टीमा राख्ने क्रममा बिजुलीको तार सर्ट भई करेन्ट लागेर बेहोस भएका उनको करूणा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २९ भाद्र २०७९, बुधबार  ७ : ५४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।