२२ मंसिर २०८२, आइतबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सत्यमाेहन जाेशीकाे स्वास्थ्यमा सामान्य सुधार



फाइल फोटो

२५ असोज ०७९, काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार भएको छ । विगत १८ दिनदेखि ललितपुरको किस्ट अस्पतालमा उपचाररत जोशीको स्वास्थ्यमा हिजो सोमवारभन्दा आज मङ्गलवार केही सुधार आएको अस्पतालले जनाएको छ ।

मुटुको चालसम्बन्धी समस्यामा पनि केही सुधार आएको र उनले सामान्य प्रतिक्रियासमेत देखाएका अस्पतालका निर्देशक प्रा. डा. सुरज बज्राचार्यले जानकारी दिए । छातीमा निमोनियाको सङ्क्रमण भएकाले एन्टिबायोटिक्स भने निरन्तर छ । रगत परीक्षणपछि उहाँमा डेङ्गी पुष्टि भइ उपचार भइरहेकोमा हिजो बढी समस्या आएर उच्च मात्रामा अक्सिजन दिइएको थियो ।

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  ५ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।