३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गोदावरी नगरपालिकामा एक सय ३२ जनालाई डेङ्गु




२५ असोज ०७९, गोदावरी । गोदावरी नगरपालिकाका ज्वरो आएका चार सय ५० व्यक्तिमा गरिएको स्वास्थ्य परीक्षणमा एक सय ३२ जनालाई डेङ्गु देखापरेको छ । गोदावरी नगरपालिका प्रमुख जनस्वास्थ्य अधिकृत लालबहादुर थापाका अनुसार उक्त नगरपालिकाको वडा नं ३, ११, १२, र १४मा डेङ्गुको सङ्क्रमण बढी देखिएकाले नियन्त्रणका लागि विभिन्न किसिमका क्रियाकलाप अपनाउँदै आइएको छ ।
रेडक्रस, जनप्रतिनिधि, वडाका स्वास्थ्यचौकी, महिला स्वास्थ्य स्वयम्सेविका, विद्यालय र बुद्धिजीवीले घर, कार्यालय, उद्योग विद्यालय आदिमा पर्चा बाँड्ने, पानी जम्ने ठाउँमा सरसफाइ गर्नाका साथै सञ्चारमाध्यबाट जनचेतनासम्बन्धी कार्यक्रमहरु गरिराखेको उनको भनाइ थियो ।
अहिले नगरपालिकामा डेङ्गुको सङ्क्रमण कम भए पनि सर्तक रहन अह्वान गरिएको र त्यसका लागि पारासिटामोललगायत औषधि पर्याप्त व्यवस्था गरिएको बताइएको छ । नेपालमा ३३ हजार ९७५मा डेङ्गु सङ्क्रमण भएकामा मृत्यु हुनेको सङ्ख्या ४४ पुगेको जनाइएको छ ।

 

प्रकाशित मिति : २५ आश्विन २०७९, मंगलबार  १० : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।