२२ मंसिर २०८२, आइतबार | Mon Dec 8 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


नक्सालमा आगोबाट जलेर युवतीको मृत्यु, दुई जना पक्राउ



प्रतिकात्मक तस्बिर

२६ असोज ०७९, काठमाडौं ।  काठमाडौं नक्सालस्थित होटेल क्राउन प्लाजामा भएको शंकास्पद घटनापछि एक युवतीको मृत्यु भएको छ । चाबहिल बस्दै आएकी २३ वर्षीया युवतीको आगोबाट जलेर उपचारका क्रममा मृत्यु भएको हो ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले होटेलका कर्मचारी सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ का ३७ वर्षीय पदमकुमार श्रेष्ठ र जितपुर सिमरा उपमहानगरपालिका-१४ का केशव रिजाललाई पक्राउ गरेको छ । होटेलमा आगोबाट जलेर घाइते भएपछि केशव रिजालले ती युवतीलाई वीर अस्पताल पुर्‍याएका थिए । त्यहाँ उपचार असम्भव भएपछि वीरले थप उपचारका लागि कीर्तिपुर अस्पताल रेफर गरेको थियो ।

सोमबार बिहान होटेलमा उक्त घटना भए पनि प्रहरीलाई खबर नगरी गुपचुप राखेको भन्दै अनुसन्धानका लागि श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । रिजाल भने होटेलमै बसेको र घटना घटाएको आशंकामा पक्राउ परेका हुन् । उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । उनीहरूलाई काठमाडौं प्रहरी वृत्त मालीगाउँको हिरासतमा राखिएको छ ।

कीर्तिपुर अस्पतालमा उपचारका क्रममा ती युवतीको सोमबार बिहान मृत्यु भएको हो। प्रारम्भिक अनुसन्धानमा युवतीको शरीरमा पेट्रोल छर्किएर आगो लागेको देखिएको प्रहरीले जनाएको छ ।

रिजाल र ती युवती प्रेमी प्रेमिका भएको प्रहरीको आशंका छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  २ : ३५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।