१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पाटन अस्पतालमा न्युरो सर्जरी र मुटुसम्बन्धी उपचार ठप्प



२७ असोज ०७९, ललितपुर ।  पाटन अस्पतालमा अप्रेसन र एमआरआईको पालो कुर्ने बिरामी संख्या पनि धेरै छ । हाल पाटनमा न्युरो सर्जरीका बिरामीले उपचार सेवा पाउँदैनन् । मुटुसम्बन्धी उपचार सेवा पनि अहिले बन्द छ । मुटुसम्बन्धी समस्या लिएर आएका बिरामीलाई गंगालाल अस्पतालमा पठाउने गरिएको छ । त्यस्तै, दिनमा दुईजनाको मात्रै एमआरआई गरिन्छ । अप्रेसन र एमआरआईका बिरामीले महिनौँ कुर्नुपर्ने बाध्यता रहेको अस्पतालका एक चिकित्सकले बताए ।
‘अस्पताल प्रशासनको लापरबाहीले न्युरो सर्जरी र मुटुसम्बन्धी उपचार सेवा बिरामीले पाउँदैनन्,’ ती चिकित्सकले भने, ‘एमआरआई सेवा लिन पनि महिनौँ कुर्नपर्ने बाध्यता छ, यही सेवा निजी अस्पताले एकदिनमै दिन सक्छन्, तर यहाँ महिनौँ कुर्नुपर्ने अवस्था छ’ अस्पतालका निर्देशक शाक्यले भने दैनिक १० जनासम्मलाई एमआरआई सेवा दिँदै आइरहेको दाबी गरे ।

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  १२ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।