१७ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


गल्कोपाखाबाट बाउन्सरलाई धारिलो हतियार प्रहार गरी फरार दुई जना पक्राउ



साँकेतिक तस्विर : इन्टरनेट

२७ असोज ०७९, काठमाडौं । काठमाडौं दरबारमार्गस्थित क्लब प्लाटिनमा बाउनसरको रूपमा कार्यरत निकेत राई र तेन्जुङ् शेर्पालाई काठमाडौं महानगरपालिका २६ गल्कोपाखास्थित हनुमान चोक नजिक धारिलो हतियार प्रहार गरी फरार रहेको घटनामा २ जना प्रतिवादीलाई दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा दोलखा शैलुङ गाउँपालिका २ घर भई काठमाडौं बौद्ध बस्ने २९ वर्षीय बिनोद तामाङ र सोही ठाउँ बस्ने ३३ वर्षीय जिवन तामाङ रहेका छन् ।
उक्त चोक नजिक मोटरसाइकलमा आएका सात आठ जना अपरिचित व्यक्तिहरूको समूहले राई र शेर्पालाई खुकुरी प्रहार गरी घाइते बनाई फरार भएका थिए । घटनाको थप अनुसन्धान गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त घटनामा संलग्नमध्ये बिनोद र जिवनलाई काठमाडौं बौद्धबाट पक्राउ गरेको हो ।
उनीहरुलाई ज्यान मार्ने उद्योग सम्बन्धी कसूरमा आवश्यक कारवाहीका लागि प्रहरी वृत्त लैनचौर पठाइएको प्रहरीले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : २७ आश्विन २०७९, बिहिबार  ३ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।