१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुर कर्मनाशा करिडोर : आकृति कोल्ड स्टोर्सको टहरा भत्काइयो



ललितपुर खबर
२१ भदौ ०७९, ललितपुर ।  ललितपुर महालक्ष्मी नगरपालिका वडा नं. १ अन्तर्गतको कर्मनाशा करिडोर सडक ग्वार्को पुलको छेउमा पर्ने मापदण्ड विपरित रहेको आकृति कोल्ड स्टोर्सको टहरालाई भत्काइएको छ ।
करिब १० मिटर चौडाइ र १५०० मिटर लम्बाइको करिडोर सडकमा खोला सफा गरि करिडोर सडकलाई स्तरोन्नति समेत गरिएको छ ।
बिहीबार दिन भरि नै डोजरको सहायताले कैयौं टिपर ग्राबेल निकालि उक्त सडकलाई यातायात सञ्चालन गर्ने उद्देश्यले १ महिना देखि निर्माण कार्यलाई अगाडि बढाइएको थियो ।
निर्माण कार्य सम्पन्न भए पश्चात् ग्वार्कोमा हाल भैरहेको जामलाई न्यूनीकरण गर्ने उक्त सडक प्रयोग गरि होन्डा तथा हिरोको सो रुम, किस्ट मेडिकल कलेज, कान्तिपुर कलेज, सामुदायिक भवन, सक्षम टोल,शिबटोल, शिब मन्दिर, नयाँ पुल, फलामको पुलसम्म जान सहज हुने र निकट समयमा नै वडा नं ४ हुँदै हातिबन सम्मको ट्याक खुल्ने वडा अध्यक्ष छिरिङ लामाले बताए । ललितपुरको हात्तिबन क्षेत्रभने करिडोरमा अवरोध छ । लिटिल एन्जल्सस्कूल लगायतले करिडोर मिचेर संरचना बनाएका छन् । यो कोल्डस्टोरको भवन भत्काएसँगै तल्लो क्षेत्र पुरै खुला भएको छ ।

 

प्रकाशित मिति : २८ आश्विन २०७९, शुक्रबार  ३ : ५२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।