२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


सत्यमोहन जोशीको निधनमा एक दिन सार्वजनिक बिदा



३० असोज ०७९, ललितपुर ।  सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनमा सार्वजनिक बिदा दिने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले जोशीको निधनमा शोक व्यक्त गर्दै एक दिन सार्वजनिक बिदा दिने घोषणा गरेका हुन् ।
यद्यपी निर्णय भने भइसकेको छैन, यसको आधिकारिक सूचना आधिकारिक निर्णय हुन बाँकी छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेर बिदाको निर्णय गरिने मन्त्री श्रेष्ठले बताए ।
जोशीको आइतबार बिहान किष्ट अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । उनको पार्थिव अहिले श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिकाको प्रांगणमा राखिएको छ । श्रद्धाञ्जली दिन प्रम देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु लगायतका शीर्ष नेताहरू पनि पुगेका छन् । प्रधानमन्त्री देउवाले जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका छन् ।

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ३ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।