२२ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काभ्रेमा जेसिबी दुर्घटना, २५ वर्षीय युवकको मृत्यु



३१ असोज ०७९, काभ्रे । सोमबार काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकामा जेसिबी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । काभ्रेको रोशी गाउँपालिका -६ कुखुरेपाखामा एक  जेसिबी अनियन्त्रित भएर पल्टिँदा एकजनाको मृत्यु भएको हो ।  प्रहरी चौकी कटुन्जेका अनुसार कुखुरेपाखाबाट कटुन्जेतर्फ जाँदै गरेको बा २ ख ८६ ०२ नं को जेसिबी अनियन्त्रित भई आज बिहान अन्दाजी १० बजेतिर सडकबाट ९५ फिट तल खोलामा खस्न पुगेको हो । मृत्यु हुनेमा दुर्घटित जेसिबीकै चालक रामेछापको दोरम्बा गाउँपालिका–२ का २५ वर्षीय जीवराज तामाङ रहेका छन् ।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  २ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।