३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


प्रहरी बताएर हतियारसहित प्रवेश गरेका व्यक्तिबाट भक्तपुरमा डकैती



३१ असोज ०७९, भक्तपुर । भक्तपुरमा डकैती गर्ने समूहका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गत भदौ २५ गते राति ३ बजे मध्यपुर ठिमी नगरपालिका ३ गट्ठाघरस्थित एक घरमा हतियारसहित ढोका फोडेर प्रवेश गरेका व्यक्तिले डकैती गरेका थिए।

पेस्तोल र खुकुरीसहित प्रवेश गरेर डकैती गर्ने उदयपुरको उदयपुरगढी गाउँपालिका ७ का ४१ वर्षीय अम्मरबहादुर मगर र संखुवासभाको पाँचखपन नगरपालिका ८ का ३२ वर्षीय रविन किशोर राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

फलामको रडले ढोका फोडेर प्रवेश गरेका उनीहरुले आफू प्रहरी भएको बताएका थिए। घरमा भएका व्यक्तिलाई पेस्तोल ताकेर धनमाल लगेका थिए।

घटनामा प्रयोग भएको मेडइन इटाली लेखेको पेस्तोल, त्यसको दुई राउण्ड गोली, खुकुरी र रडसहित प्रहरीले पक्राउ गरेको छ।

उनीहरुलाई थप कारबाहीका लागि सोमबार भक्तपुर परिसरमा पठाइएको महाशाखाका प्रवक्ता एसपी कृष्ण कोइरालाले जानकारी दिए।

प्रकाशित मिति : ३१ आश्विन २०७९, सोमबार  ७ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।