१६ माघ २०८२, बिहिबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


तोेसिमाको उम्मेदवारी खारेजपछि फरियो ललितपुर ३ को परिदृश्य




१३ कात्तिक ०७९, ललितपुर । ललितपुर ३ बाट प्रतिनिधि सभाका राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएकी डा. तोसिमा कार्की निर्वाचन आयोगले आफ्नो उम्मेदवारी खारेज्पछि यहाँ परिदृश्य फेरिएको छ ।
उनले उम्मेदवारी मनोनयनको २५ दिन अगाडी नै गत भदौं २८ गते नै निर्वाचन आयोगको कार्यालयमा पत्र लेखेर नेपाल मेडिकल काउन्सिलको सो पद लाभको पद हुने वा नहुने बारेमा स्पष्ट पारिदिन निवेदन समेत दिएको बताएकी छिन् । तर निर्वाचन आयोगले सो निवेदनलाई जवाफ नदिई अहिले आएर यसै विषयलाई आधार बनाएर उम्मेदवारी खारेज गरेको भन्दै अदालत जाने बताएकी हुन् ।
यद्यपी अदातलको प्रकृयाबाट यो विषय सुझ्ने वा नसुल्झने भन्ने विषय अन्यौल नै छ । निर्वाचन आउन मात्रै २१ दिन बाँकी छ ।


यस निर्णयबाट स्वतन्त्र पृष्ठभूमिबाट लौरो निर्वाचन चिन्ह लिएर उम्मेदवारी दिएका राजाराम तण्डुकारलाई फाइदा हुने अवस्था आएको विश्लेषण गर्न थालिएको छ ।


एमाले सम्बद्ध समर्थकहरु अमृत खड्कालाई फाइदा पुग्ने अपेक्षा गरिरहेका छन् । उता ललितपुर ३ मा गठबन्धनकी प्रतिश्पर्धी पम्फा भुसाल डा. तोसिमालाई आफ्नो प्रतिश्पर्धी नै नमानेको ललितपुर खबरसँग बताइन् । उनी भन्छिन्, ‘सर्जन रहेछिन् । राजनीति गर्ने ढंग पुगेनछ । राजनीति धेरै कठीन कुरा हो । मान्छेले सोचेजस्तो छैन राजनीति’
डा. तोसिमा कार्की आफूमाथि ठूलो षड्यन्त्र भएको बताउछन् । उनी भन्छिन्, हाम्रा लागि न्याय त कतै न कतै होला नि ।


डा. तोसिमा आज सोमबार छठको विदा परेकाले मंगलबार अदातलमा मुद्दा पेश गर्न बताउछिन् । पछिल्लो समय डा. तोसिमाको पक्षमा धेरै युवा पंक्ति समर्थनमा अघि लागेका थिए ।
डा. तोसिमा कार्की लामो समयदेखि स्वास्थ्य क्षेत्रको विकृति विसंगती हटाउनु पर्ने भन्दै अभियानमा जोडिएकी थिइन् । उनी विषेशतः डा.गोविन्द केसीको सत्याग्रहमा संगै हुन्थिन् ।
डा. तोसिमा सञ्चारकर्मी रवि लामिछानेले खोलेको राष्ट्रिय स्वतन्त्र पार्टीको अन्तरिक निर्वाचनबाट छानिएर घण्टी चिन्ह लिएर उम्मेदवारी दर्ता गराएकी थिइन् ।

प्रकाशित मिति : १३ कार्तिक २०७९, आइतबार  ८ : ३८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।