२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


बागबजारमा घरको झ्यालबाट खसिन २ वर्षीया बालिका, उपचारका क्रममा मृत्यु



१४ कात्तिक ०७९, काठमाडौं ।  काठमाडौंको बागबजारमा घरको झ्यालबाट खसेर २ वर्षीया बालिकाको मृत्यु भएको छ। बागबजारस्थित नानीदेवी महर्जनको घरको पाँचौं तलाको झ्यालबाट खसेर २ वर्षीया रियासा महर्जनको मृत्यु भएको हो।

झ्यालबाट खसेर गम्भीर घाइते भएकी रियासालाई उपचारका लागि ट्रमा अस्पतालमा भर्ना गरिएको थियो। गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

प्रकाशित मिति : १४ कार्तिक २०७९, सोमबार  ९ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।