३१ बैशाख २०८३, बिहिबार | Fri May 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


भन्सार छलेर ल्याइएको दुई कार भक्तपुरबाट बरामद, एक जना पक्राउ



२५ कात्तिक ०७९, भक्तपुर । भक्तपुरबाट भन्सार छलीका दुई वटा कार प्रहरीले बरामद गरेको छ। बिहीबार प्रहरीले विशेष सूचनाका आधारमा सूर्यविनायक नगरपालिका–९ पलासेबाट ‘टोयोटा’ कम्पनीको ‘एटिएस’ कार र सूर्यविनायक–८ आदर्शचोकबाट फोर्ड कम्पनीको ‘एकस्पोर्ट’ जिप १ थान गरी २ थान सवारी साधन बरामद गरेको हो।

सो गाडीसहित प्रहरीले भक्तपुरको सूर्यविनायक–९ पलासेका २६ वर्षीय रविन ओझालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुमा भन्सार छलि चोरी पैठारी गरी ल्याएका सवारी साधन बिक्री वितरण गर्ने उद्देश्यले राखिएको छ भन्ने गोप्य सूचनाको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटी गएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा ती दुई गाडी फेला पारेको थियो।

पक्राउ परेका ओझालाई थप अनुसन्धान तथा आवस्यक कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचरण पठाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २५ कार्तिक २०७९, शुक्रबार  ४ : ०२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।