२१ मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


मेलम्चीको पानी काठमाडौँ पठाउन काम सुरु



२९ कात्तिक ०७९,काठमाडौं । वर्षाका कारण अवरुद्ध मेलम्चीको पानी पुनः काठमाडौँ पठाउन काम सुरु गरिएको छ। वर्षायाममा क्षति हुनसक्ने भन्दै गत जेठमा बन्द गरिएको सुरुङ हालसम्म सञ्चालन गरिएको थिएन।

यस वर्ष सुरुङमा खासै क्षति नभए पनि आयोजना स्थलसम्म पुग्ने सडक अधिकांश बिग्रिएको थियो। सो सडक निर्माणको काम अन्तिम चरणमा पुगेको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर पदमबहादुर कुँवरले बताए।

अहिले आयोजनाको टोली मुहान मर्मतमा खटिएको उनले जानकारी दिए। आवश्यक उपकरणसहितको टोली आयोजनास्थलमा खटिएको र खोला डाइभर्टलगायत केही काम सुरु गरिएको उनले बताए।

भोलिदेखि सुरुङ खोतल्ने काम सुरु हुने उनको भनाइ छ।

प्रकाशित मिति : २९ कार्तिक २०७९, मंगलबार  ७ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।