२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


काठमाडौंको बुढानिलकण्ठमा चोरी




१० मंसिर ०७९, काठमाडौं । काठमाडौंको बुढानिलकण्ठमा चोरी भएको छ ।
प्रहरीका अनुसार बुढानिलकण्ठ नगरपालिका १० कपन विवेकचोक डेरा गरी बस्ने भोजपुर षडानन्द नगरपालिका ११ घर भएका भोलामणि हार्तम्छाली राईको कोठाबाट नगद २३ हजार रूपैयाँ, सुन, हिरामोती जडित विभिन्न गरगहना समेत गरी करिब ८ लाख रूपैयाँ बराबरको धनमाल बिहीबार दिउँसो चोरी भएको हो ।
प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेक जानकारी दिएकोे छ ।

प्रकाशित मिति : १० मंसिर २०७९, शनिबार  ७ : ३७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।