१८ माघ २०८२, शनिबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


ललितपुरको लेलेलाई खानी क्षेत्रमा बर्गीकरण गरेको भन्दै बहुमत पार्टीको विरोध



lele mahadev khoka khani

ललितपुर खबर
७ पुस ०७९, ललितपुर । ललितपुरको लेलेको महादेव खोला क्षेत्रलाई गोदावरी नगरपालिकाले खानी क्षेत्रमा बर्गीकरण गरेसँगै विरोधको स्वर बढ्न थालेको छ ।
गोदावरी नगरपालिकाले यस क्षेत्रलाई खानी क्षेत्रमा बर्गीकरण गरेपछि स्थानीयबासीले विरोध गर्दै पालिकालगायत सरोकार निकायमा हस्ताक्षर बुझाएका थिए ।
यस क्षेत्रमा सञ्चालित युनाइटेड सिमेन्टको ढुंगा खानीका कारण लेलेबासीको खानेपानीको मुहान सुक्दै गएको र जलचर क्षेत्र मासिदै गएर पर्यावरणमा असर पुगेको र खेती योग्न जमिन बगरमा परिणत हुने आवस्था आएको भन्दै स्थानीयबासी आन्दोलित भएका छन् ।
नेकपा बहुमतका ललितपुर इञ्चार्ज कुमार सिलवालद्वारा हस्ताक्षरित विज्ञप्तीमा लेले बासीलाई निर्णयविरुद्ध जनसंर्घषमा उत्रन अपिल गरिएको छ । विज्ञप्तीमा सिमित दलाल र तस्करहरुको प्रकृतिक श्रोत र साधनको दाहन गरेको आरोप लगाइएको छ । पार्टीले तत्काल निर्णय सच्चयाउन भनेको छ ।
नेकपा बहुमत पार्टी भर्खरै नेपाल कम्युनिष्ट पार्टी(विप्लव)बाट फुटेर धमेन्द्र बस्तोला संयोजकत्वमा बनेको पार्टी हो ।

प्रकाशित मिति : ७ पुस २०७९, बिहिबार  १० : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।