२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


क्रिसमसमा वालवालिकाहरुलाई रातो पहिरन लगाएर प्रयोग नगर्न काठमाडौं तरुण सचिव शाहको चेतावनी




८ पुस ०७९, काठमाडौं । नेपाल तरुण दल काठमाडौंका सचिव दिनेशविक्रम शाहले बालबालिकालाई विद्यालयहरुमा रातो पहिरन लगाएर क्रिशमसमा प्रयोग नगर्न सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन् ।
यसअघि क्रिशमसमा रातो पहिरनसहित बालबालिकालाई प्रयोग गरिएकाले अव काठमाडौं जिल्ला अन्तर्गतका सबै समितिहरुलाई त्यस्तो कार्य रोक्न आह्वान गरेका हुन् ।

सान्ट्रा क्लजको पहिरन लगाइदिने गरेका छन् । वालमनोविज्ञानमा क्रिश्चियन धर्मको प्रभाव पार्न यसो गरिएको भन्दै छिटपुट विरोधको आवाज सुनिने गरेको छ ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौं जिल्ला अन्तरगत सबै तरुण समितिका निकायहरुलाई आह्वान । यदि कुनै बिधालयहरुले आफ्नो लाला बालाहरुलाई रातो पहिरन लगाएर अजचष्कतmबक मनाउन बाध्य बनाएको छ भनी तत्काल रोक्न र आफ्नो नानी बाबुहरुलाई सहभागी नगराउन अनुरोध गर्दछु ।म स्वयं यस्तो कार्य आफ्नो टोल छिमेकमा हुँदैछ भने रोक्ने प्रयास गर्छु तपाईहरुलाई पनि लाग्न अनुरोध गर्द्छु । ’

प्रकाशित मिति : ८ पुस २०७९, शुक्रबार  ८ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।