२१ मंसिर २०८२, शनिबार | Sat Dec 6 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


अमेरिका पठाईदिन्छु भन्दै ठगी गर्ने कुपण्डोलका थापा पक्राउ




१५ पुस ०७९, काठमाडौं । अमेरिकालगायतको देशमा पठाईदिन्छु भन्दै करोडौं रकम ठगी गर्ने एक पुरुष राजधानीबाट पक्राउ परेका छन् ।
प्रहरीका अनुसार ललितपुर महानगरपालिका १ कुपण्डोल घर भई हाल काठमाडौं बुढानिलकण्ठ नगरपालिका ८ ओमनगर बस्ने ४४ वर्षीय राजेश थापालाई १ करोड ६२ लाख ६ हजार रूपैयाँ ठगी गरेको अभियोगमा बुधबार प्रहरीले पक्राउ गरेको हो ।
थापाले विभिन्न व्यक्तिहरूलाई मासिक ३ लाख तलवका साथै ग्रिनकार्ड, पीआर र हङकङ आईडी समेत बनाईदिने भनी वैदेशिक रोजगारिको लागि अष्ट्रेलिया, अमेरिका, क्यानडा तथा हङकङ लगायतका देशहरूमा पठाइदिने भन्दै पीडितहरुबाट उक्त रकम ठगी गरेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–२६ लैनचौरबाट पक्राउ गरेको हो ।
उनलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १५ पुस २०७९, शुक्रबार  ८ : ५१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।