१ चैत्र २०८२, आइतबार | Sun Mar 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

स्थानीय समाचार


पैसाको अभावमा ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्ने डा. तोसिमाको पहिलो निर्णय



काठमाडौं, ३ माघ । स्वास्थ्य राज्यमन्त्री डा. तोसिमा कार्कीले मंगलबार पदभार ग्रहण गरेकी छन् । पदभार ग्रहण गर्दै उनले पैसाको अभावमा उपचार नपाएर ज्यान गुमाउनुपर्ने अवस्था अन्त्य गर्ने बताएकी हुन् ।

संविधानमा उल्लेख भए अनुसार स्वास्थ्यलाई मौलिक हककै रुपमा विकास गर्ने मन्त्री कार्कीको भनाई छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित डा. कार्कीलाई सत्ता गठबन्धनले

स्वास्थ्य राज्यमन्त्री बनाएकोह हो । डा. कार्की ललितपुर-३ मा तत्कालीन ऊर्जामन्त्रीसमेत रहेकी माओवादी उम्मेदवार पम्फा भुसाल र एमाले उम्मेदवार अमृत खड्कालाई हराउँदै निर्वाचित भएकी थिइन् ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ३ : ०४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।