७ पुस २०८२, सोमबार | Mon Dec 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


ललितपुर बारमा मतदान




ललितपुर
७ माघ । ललितपुर बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि मतदान सुरू भएको छ । निर्वाचन समितिका प्रमुख प्रकाश महर्जनका अनुसार ललितपुर बारमा नया कार्यसमितिका लागि बिहान ८ बजेबाट मतदान सुरू भएको छ । उक्त मतदान ४ बजे सकिनेछ । नयाँ नेतृत्वका लागि दुई समूहले उम्मेदवारी दिएका छन् । निर्वाचनमा अध्यक्ष पदका लागि बृहत् प्रगतिशील, पेसागत लोकतान्त्रिक, समाजवादी र समावेशी समूहबाट शशीकुमार कार्की र गणतान्त्रिक, प्रगतिशील, पेसागत कानुन समूहबाट राम श्रेष्ठ प्रतिस्पर्धामा छन् ।

बृहत् प्रगतिशील र लोकतान्त्रिक समूहबाट उपाध्यक्षमा प्रमोदकुमार राय, सचिवमा अनिल श्रेष्ठ, सहसचिवमा अनिल श्रेष्ठ, कोषाध्यक्षमा चन्द्रबहादुर महर्जन, सहसचिव (महिला) मा सजनी श्रेष्ठले उम्मेदवारी दिएका छन् भने महिला सदस्यमा सावन्ता थापा र शिरिसा श्रेष्ठ छन् । सदस्यमा सुभाषचन्द्र राई, दीपेन्द्रराज शिल्पकार, धर्मसिंह कार्की, लीलानाथ घिमिरे, विष्णुकुमार गिरी, राम विष्ट, महेश महत र प्रकाश बुढाथोकीले उम्मेवारी दिएका छन् ।
त्यस्तै गणतान्त्रिक समूहबाट उपाध्यक्षमा बालकृष्ण महर्जन, सचिवमा छोनम मोक्तान, सहसचिवमा रीता श्रेष्ठ, कोषाध्यक्षमा रमेशकुमार महर्जनले उम्मेदवारी दिएका छन् । महिला सदस्यमा अष्ठकुमारी महर्जन र सुशीला कार्की तथा सदस्यमा भूमेराज आलेमगर, इच्छाराम महर्जन, रत्नबहादुर बुढा, रोहितकुमार कार्की, जीवनकुमार बस्नेत, विराज थापा, विपना योगीले उम्मेदवारी दिएका छन् । निर्वाचनले दुई वर्षका लागि १५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । उक्त बारमा आठ सय १२ मतदाता छन् ।

 

प्रकाशित मिति : ७ माघ २०७९, शनिबार  १२ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।